१६ असार २०८३, मंगलबार

नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । अदालतको अवहेलना मुद्दामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

मोरङका कानून विद्यार्थी आयुष दाहालले भदौ ६ गते श्रेष्ठको फेसबुक पोस्ट अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता गरेका थिए।

श्रेष्ठले ‘भनसुन वा घुस बिना न्याय नपाइने’ भनी न्यायालयप्रति अविश्वास फैलाउने सामग्री पोष्ट गरेका थिए। अधिवक्ताहरूले उनको अभिव्यक्ति न्यायालयको प्रत्यक्ष अवहेलना भएको तर्क गर्दै कारबाहीको माग गरेका छन्।

न्याय प्रशासन ऐनअनुसार कसूर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद सजाय हुन सक्छ।