धनगढी, १७ भदौ । चिकित्सा शिक्षा सुधारका मागसहित कैलालीको गेटा अस्पतालमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन्।
शरीरमा ग्लुकोजको मात्रा न्यून भएसँगै टाउको दुख्ने, मांसपेशी बाउँडिने जस्ता समस्या देखिएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केसीले अनशन तोड्न सक्ने बताइएको छ ।
केसीले निजी मेडिकल कलेजको सिट वृद्धि रोक्न, सरकारी मेडिकल कलेजको सञ्चालनमा ढिलाइ नगर्न र सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गर्दै आइतबारदेखि सत्याग्रह सुरु गरेका थिए।









प्रतिक्रिया