काठमाडौं, १७ भदौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनको मस्यौदा तयार पारेको छ ।
सत्ताधारी सांसद ५९ वर्षे अवकाश उमेरको अडानबाट पछि हटेसँगै विधेयक टुंगो लागेर समिति सचिवालयले प्रतिवेदनको मस्यौदा तयार भएको हो ।
मस्यौदामाथि अहिले सदस्यहरूले धारणा राखिरहेका छन् । समितिबाट प्रतिवेदन पारित भएपछि समितिका सभापति तुलासाकुमारी दाहालले आजै राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाबाट विधेयक पारित भएपछि विधेयक उत्पति भएको प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।








प्रतिक्रिया