२२ जेष्ठ २०८३, शुक्रबार

वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेमा नेता भए : प्रदीप ज्ञवाली

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौ, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन् ।

काठमाडौमा आज आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिस्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले कुरा ठूल्ठूला गर्ने गरेको भए पनि वडा तहको समेत चुनाव जिताउने हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरे ।

पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चङ्गाजस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको ज्ञवालीले टिप्पणी गरेका छन् । पार्टीका कतिपय पदाधिकारी, केन्द्रीय सदस्यहरूले कुरा ठूला गरे पनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो ।

उपमहासचिव ज्ञवालीले पञ्चायतकालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरूले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए ।