३० असार २०८३, मंगलबार

अटो दुर्घटनामा एकको मृत्यु, दुई जना बेपत्ता

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दार्चुला, १६ भदौ । दार्चुलामा अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता भएका छन् भने एक घाइते भएका छन् । आज दिउँसो करिव १ बजेतिर नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा अन्दाजी १२÷१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

मृतक बालिकाको सनाखत हुन बाँकी रहेको उनले बताए । सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको जानकारी प्राप्त भएको उनको भनाइ छ । अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।

अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उनलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरी निरिक्षक रावतले जानकारी दिए ।

नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा धुलिगडा र होपरीगाडबाट प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।