२५ जेष्ठ २०८३, सोमबार

भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्त्री रुष्ट

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १६ भदौ । गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन् ।

वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको प्रष्ट पारेका हुन् ।

भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए ।

नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यममा नेपाली सीमा सम्बन्धी आएको समाचार पूर्णरूपमा भ्रामक र तथ्यहीन भएको दाबी गरे ।

उनले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसको पर्याप्त प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेको बताए । नेपालको सहमति बिना नेपाली भूमिलाई प्रयोग गरी भारत र चिनले व्यापार सम्झौता गरेकोप्रति नेपाल सरकारको आपत्ति रहेको जानकारी दिँदै मन्त्री लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई नेपाली भूमिलाई प्रयोग गरी व्यापार गर्ने विषयमा आपत्ति जनाएको बताए ।

लिपुलेक–लिम्पियाधुरा नेपालको हो भन्दैमा मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिने कुनै सम्भावना नरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री लेखकले नेपाल कुनैपनि देशसँग सैन्यगत एकता वा सैन्य समितिमा सहभागी नहुने प्रष्ट पारे ।