काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार, ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरिएको हो ।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँ सस्तोमा उपभोक्ताले पाउनेछन् । निगमले भने पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखेको छ ।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।









प्रतिक्रिया