२३ जेष्ठ २०८३, शनिबार

राखेपको वार्षिकोत्सव पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ भदौ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भत्र्सना समेत गरेको छ ।

राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तेक्वान्दो संघले उक्त कार्यक्रममा परिषदले वर्षभर भए गरेका र प्राप्त उपलब्धिको समिक्षा र मुल्यांकन गर्ने संस्कार रहीआएकोमा राखेपको निर्णय प्रायोजित नभएर यथार्थपरक उपलब्धि र प्रविधिमा आधारित हुने अपेक्षा राखेको जनाएको छ ।

तर यसपटक परिषदले प्रदान गरेको पुरस्कार र सम्मानप्रति भने संगले आपत्ति प्रकट गर्दै खेलाडी र खेल संघमाथि गरेको विभेदपूर्ण व्यवहार र मनपरीतन्त्रको भने घोर भत्र्सना गरेको छ । राखेपको उक्त कार्यक्रममा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी, प्रशिक्षक र खेल संघप्रति गरेको उपेक्षालाई लिएर तेक्वान्दो संघले नैराश्यता व्यक्त गरेको छ ।

संघले राज्यको निकायबाट गरिने मुल्यांकनको आधारबारे प्रश्न गर्दै पुरस्कार व्यक्तिगत वा संस्थागत रहेकोमा समेत संशय व्यक्त गरेको छ । पुरस्कार निर्णयको अधिकार कसको रहेको भन्ने प्रश्नका साथ संघले उक्त पक्षमा गहिरो चासो रहेकाले छानविनको मागसहित दोषी उपर कडा कारवाहीको माग गरेको छ ।