५ असार २०८३, शुक्रबार

पहिरोले देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १४ भदौ । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध भएको छ । सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।