३० असार २०८३, मंगलबार

प्रसारण लाइनमा समस्या आएपछि चिलिमे जलविद्युत् केन्द्र बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १४ भदौ । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौंबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।