१ असार २०८३, सोमबार

विद्या भण्डारीलाई ५१ किलोको माला

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरामा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थल आइपुगेकी भण्डारीलाई ५१ किलोको मालाले स्वागत गरिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा (एमाले)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

भण्डारीले विमानस्थलको बाहिरसम्म लामबद्ध भएर बसेका नेता कार्यकर्ता र स्थानीयसँग भेट गरेकी थिइन् ।