२३ जेष्ठ २०८३, शनिबार

एमाले बाहिरका ‘चिन्ता व्यापारीहरू’को वास्तविकता

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सूर्य थापा

नेकपा (मसाल)का आजिवन महामन्त्री ९१ वर्षीय मोहनविक्रम सिंहलाई आफ्नो पार्टी सुकेनास लागेर विसर्जनजस्तै भएकोमा कुनै चिन्ता र ग्लानीबोध छैन । उहाँको जिविका र प्राण केपी शर्मा ओलीको निन्दा र विरोध गर्नुमा सीमित भएको छ । ५२ वर्षदेखि महामन्त्री पद ओगटेर बस्दा नपुगेका उहाँलाई लाग्छ– मैले छाडे भनें देशको कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्छ, अनि म, चित्रबहादुर र दुर्गाले यो मठ कदापि छाड्नुहुँदैन । उहाँले अभियान नै थालेको देखिएको छ– ११ वर्षदेखि एमालेको अध्यक्ष रहनुभएका केपी शर्मा ओली अधिनायकवादी भएकाले उहाँले चाहिँ पद अविलम्ब छाड्नुपर्छ ! किनभने ‘मैले श्रीमतीलाई सांसद र मन्त्री बनाउन नपाएको ओलीले नमानेर नै हो !’

मैले प्युठानका एकजना अग्रजलाई यसो भन्न गार्‍हो भएको छ, तैपनि तथ्य यही हो र यहाँभन्दा पाखण्डीपन त अरू केही हुनसक्दैन । जबकि एमालेको अध्यक्ष हामी एमालेले नै बनाउने हो र बनाउँछौं । यो पार्टी चौथो महाधिवेशन समूह र मोहनविक्रमका पारिवारिक स्वार्थ, गलत नीति, विचार र व्यवहारसँग लडेर नै यहाँसम्म आएको हेक्का उहाँले राख्नुपर्छ ।

पुष्पकमल दाहाल प्रचण्ड २०४५ सालयता अर्थात ३७ वर्षदेखि पार्टी प्रमुख हुनुहुन्छ । उहाँले भर्खरै गहिरो चिन्ता जाहेर गर्नुभयो कि कतै ‘मैले छाड्ने हो भने यो पार्टी, आन्दोलन र देश गर्ल्यामगुर्लुम भइहाल्ने हो कि ? त्यसैले छोड्न मनले मानेको छैन !’

पुष्पकमल दाहाल प्रचण्ड २०४५ सालयता अर्थात ३७ वर्षदेखि पार्टी प्रमुख हुनुहुन्छ । उहाँले भर्खरै गहिरो चिन्ता जाहेर गर्नुभयो कि कतै ‘मैले छाड्ने हो भने यो पार्टी, आन्दोलन र देश गर्ल्यामगुर्लुम भइहाल्ने हो कि ? त्यसैले छोड्न मनले मानेको छैन !’ खासमा उहाँको पार्टी बाँकी छैन, पार्टीबेगरको नाटक मात्रै अनेक गरिरहनु भएको छ । उहाँलाई मन पिरो हुँदै आएको एउटा भयानक पीडा छ कि अरू सबलाई सकें, तर केपी ओलीलाई सकिनँ । १९ बुँदाको आरोपपत्र होस वा अग्नि सापकोटामार्फत गैरकानुनी रूपमा संसदीय दल र पार्टी विभाजन गराएर होस अथवा निर्वाचनमा एमालेविरोधी मोर्चाबन्दी गरेर पनि त सकिनँ ! ‘पहिले नै नन्दबहादुर पुनलाई पार्टीमा फर्काएर एमालेभित्र चलखेल गर्ने आधार बनाइदिएको छु’ उहाँले भर्खरै विराटनगर एयरपोर्टमा गजक्क मुद्रामा सार्वजनिक गरिसकेको तथ्य हो । खासमा उहाँको कृपामा न एमाले बनेको हो न त कहिल्यै बलियो भएको हो र हुन्छ नै ! आफैले नेतृत्व गरेको समूह त २७ टुक्रा भइसक्दासम्म नेतृत्व छाडेर कम्तिमा बाँचुन्जेलसम्म अरूलाई दिन उहाँ किमार्थ तयार हुनुहुन्न ! उल्टै एमालेभित्र उखरमाउलो सिर्जना गर्ने, सके कब्जा गर्ने, नसके ओलीबाहेकको एमाले बनाउन ‘जोड लगा भैरे’को शैलीमा उहाँले जोडबल गरिरहेकै हुनुहुन्छ, तर सक्नुहुन्न ।

माधवकुमार नेपाल एस समुहका अध्यक्ष हुनुहुन्छ । यो आफैमा पार्टी होइन, एउटा शिखण्डी गुट र एमालेविरोधी तुरूप मात्रै हो । १६ वर्षसम्म एमालेको नेतृत्व गरिसक्दा उहाँको नेतृत्वमा पार्टीले शर्मनाक पराजय भोगेर तेस्रो हालत बनेपछि त्यतिबेला नैतिकता जागेर राजिनामा दिनुपरेको थियो ।

माधवकुमार नेपाल एस समुहका अध्यक्ष हुनुहुन्छ । यो आफैमा पार्टी होइन, एउटा शिखण्डी गुट र एमालेविरोधी तुरूप मात्रै हो । १६ वर्षसम्म एमालेको नेतृत्व गरिसक्दा उहाँको नेतृत्वमा पार्टीले शर्मनाक पराजय भोगेर तेस्रो हालत बनेपछि त्यतिबेला नैतिकता जागेर राजिनामा दिनुपरेको थियो । अहिले पतञ्जली जग्गा प्रकरणमा संलग्न भनिकन उहाँविरूद्ध अख्तियारले मुद्दा दायर गरेपछि सांसदबाट निलम्बनमा पर्नुभएको छ । तर पाँच वर्षदेखि तुरूपको एक्का रहनुभएका उहाँले भ्रष्टाचारको मुद्दा लाग्दा पनि निर्लज्जतापूर्वक त्यस तुरूपको नेतृत्व चाहिँ छाड्नुभएको छैन, बरू सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाडेर हिँड्नु भन्दै ध्वाँस दिइरहेको पो देखिन्छ । जम्मा मिलाउँदा २१ वर्ष पार्टी र तुरूपको प्रमुख भएर पनि नपुगी उहाँ एमालेभित्र सकीनसकी खेल्न खोजिरहेको देखिन्छ । रिसको उन्मादमा आफैले समाप्त पार्न लागेर नसकेको पार्टीको उहाँले किन यस्तो चिन्ता गरेको होला ? बरू आफ्नाविरूद्ध ललिता निवास, धोवीखोला, हाँडीगाउँ, इटहरा र पतञ्जली जग्गा प्रकरणमा भोगिरहेका र भोग्नुपर्ने भ्रष्टाचार प्रकरणका मुद्दा राम्रोसँग खेप्न ध्यान लगाए हुन्थ्यो नि ! एमालेको नेतृत्वमा कसलाई ल्याउँदा यो पार्टी बलियो हुन्छ भन्ने चिन्ता हामीले गरिरहेका छौं र गर्छौं । अरूको भोक–निद्रा नै हराम हुन त केही जरूरी छैन ।

आज देशमा ‘रास्वपा छ, रास्वपा छैन’को हालत बनेको छ । एउटा निकृष्ट गालीगलोज र चरित्रहत्याको बलमा मात्रै टिकेको अराजनीतिक र अवसरवादीहरूको यस पथभ्रष्ट समुहलाई संविधान, कानुन, संसद, अदालत कसैको केही मतलब छैन ।

आज देशमा ‘रास्वपा छ, रास्वपा छैन’को हालत बनेको छ । एउटा निकृष्ट गालीगलोज र चरित्रहत्याको बलमा मात्रै टिकेको अराजनीतिक र अवसरवादीहरूको यस पथभ्रष्ट समुहलाई संविधान, कानुन, संसद, अदालत कसैको केही मतलब छैन । मुद्दा लागेका अभियुक्त व्यक्तिलाई बाँचुञ्जेल र मरणोपरान्त पनि सभापति मान्छौं, कसले के गर्छ ? भनेर होलसेल सहकारी ठगीमा सति जान बाटो लागेको यस समूहका प्रवक्ताले केही दिन अघि पूर्वराष्ट्रपति महोदयलाई भेटेर सार्वजनिक गरेका आफ्ना मनोगत भँडासयुक्त धारणाले त थुन्सेभित्र के छ भन्ने पनि प्रष्ट भएको छ । ‘रवि लामिछानेप्रति सद्भाव छ, उहाँलाई राजनीतिकरण गरेर दुःख दिइएको छ र विधान महाधिवेशन हेरेपछि भिन्न बाटो लिन पनि तयार छु’ जस्ता कुरा पूर्वराष्ट्रपति महोदयले होइन, सक्रिय अभियन्ता पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनेको भनेर चाहिँ पत्याउन सकिन्थ्यो ! यो घण्टी ग्याङ पनि केपी शर्मा ओलीलाई राजनीतिक र हरहिसाबले समाप्त गर्न पाए हुन्थ्यो भन्ने दुषित मनशायमा नै रहेको तथ्य भंगाल भेटघाटपछि झन् उदाङ्गो भएको छ । तर झिंगाको श्रापले डिंगालाई केही हुँदैन !

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी महोदयले बालेन आयल साह, मनिष झा, नारायणकाजी श्रेष्ठ, शेखर कोइरालाआदि व्यक्ति र प्रवृत्ति लगयतसँग यसबीचमा गर्नुभएका भेटघाटहरू किसिम किसिमका लागिरहेका छन् । उहाँ पार्टी सदस्यको टुंगो नै नलागेका बखत हतारिँदै अब म पार्टी अध्यक्ष नै हुने हो भनेर इमेज टेलिभिजनमा अन्तर्वार्ता दिनुभएपछि पार्टी केन्द्रीय कमिटीको बैठक चलिरहँदा भंगाल निवासमा पत्रकार बोलाई माझकिराँतकी छोरी हुँ भनेर टकरावको सन्देश दिनुभएपछि र त्यसयताका गतिविधिबाट मनमा धेरै प्रश्न र जिज्ञासाहरू उठिरहेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी महोदयले बालेन आयल साह, मनिष झा, नारायणकाजी श्रेष्ठ, शेखर कोइरालाआदि व्यक्ति र प्रवृत्ति लगयतसँग यसबीचमा गर्नुभएका भेटघाटहरू किसिम किसिमका लागिरहेका छन् । उहाँ पार्टी सदस्यको टुंगो नै नलागेका बखत हतारिँदै अब म पार्टी अध्यक्ष नै हुने हो भनेर इमेज टेलिभिजनमा अन्तर्वार्ता दिनुभएपछि पार्टी केन्द्रीय कमिटीको बैठक चलिरहँदा भंगाल निवासमा पत्रकार बोलाई माझकिराँतकी छोरी हुँ भनेर टकरावको सन्देश दिनुभएपछि र त्यसयताका गतिविधिबाट मनमा धेरै प्रश्न र जिज्ञासाहरू उठिरहेका छन् । उहाँको भंगाल निवासमै अरू सांसद साथीहरूसहित पुग्दा मैले व्यक्तिगतरूपमा विवाद गरेर पार्टीको नेतृत्वमा आउनुहुँदैन, पार्टी र राष्ट्रिय आवश्यकताको परिवेशमा त पार्टीले अनुरोध र आग्रह नै गर्ने अवस्था बन्नेछ भन्दा उहाँले तपाईंहरूको पार्टीमा म विवाद चर्काउन आउन्नँ, ढुक्क हुनुहोला भन्नुभएको थियो । किन त्यसो भन्नुभएको थियो, मैले त्यतिबेला बुझिनँ, तर पनि म त्यस भनाइमै दृढरूपमा विश्वस्त रहेको छु । उहाँको हकमा केन्द्रीय कमिटीको नवौं बैठकले एउटा निर्णय गरिसकेको छ, पार्टीको संस्थागत त्यसै निर्णयलाई हरेक नेता, कार्यकर्ता र सदस्यले परिपालन गर्नुपर्दछ । यसमा अब ‘तर, किन्तु, परन्तु, तथापि, यद्यपि…’ केही गर्न र हुनसक्दैन । असहमति राख्ने नेताहरूले सार्वजनिक खपतका लागि नभएर आन्तरिक प्रयोग र संस्थागत प्रयोजनका लागि राखेर त्यसको मर्यादा पालना गर्नु आवश्यक हुन्छ । र, पूर्वराष्ट्रपति महोदयले पनि आफूले जीवन समर्पण गरेको पार्टीको यस संस्थागत प्रक्रियालाई शिरोपर गर्नु उचित हुन्छ । उहाँको अपमान हुने गरी एमालेजन कसैले केही बोल्नु वा लेख्नु अथवा गतिविधि गर्नु पार्टी निर्णयविपरित हो । उहाँले अध्यक्ष केपी शर्मा ओली र पार्टी सचिवालय तहका नेताहरूलाई कन्भिन्स गर्न र आफ्नो कुरा मनाउन नै सकेको कोसिश गरेको राम्रो हुन्थ्यो र हुन्छ । मिडियाले उहाँलाई न राष्ट्रपति बनाएको थियो, न त अध्यक्ष नै बनाउने हो ! पाठक र दर्शक बढाउन मात्रै अहोरात्र कुँदिराखेको नेपाली मिडियाको एउटा घुमन्ते तप्काले आज पनि केही बनाउने होइन, बरू बिगार्ने मात्रै काम गरिरहेको छ र गर्छ भन्ने तथ्य हेक्का राख्नु उपयुक्त हुन्छ ।

अन्त्यमा, एमाले भनेको नेपाल राष्ट्र र नेपाली जनताको पार्टी हो । यो मोहनविक्रम, प्रचण्ड, माधवकुमार, मनिष, बालेन र शेखरका इच्छा, सुझाव, हित र आकांक्षामा होइन, एमालेका तमाम आठ लाख पार्टी सदस्य र २८ लाख मतदाताको हित, आकांक्षा र निर्णयमा चल्छ । अरू कसैको सजिलोका लागि वा तिनलाई सजिलो पार्न होइन, यस पार्टीको बृहत्तर हित गरेर चल्नसक्ने बलियो नेतृत्व निर्माण गरेर अघि बढ्नु आजको हाम्रो विशेष कार्यभार रहेको छ । यसलाई पूरा गर्दा नै पार्टीपंक्ति एकताबद्ध भएर अघि बढ्छ र बढ्नु अपरिहार्य पनि छ ।

(लेखक सूर्य थापा नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य तथा सांसद हुनुहुन्छ)