२५ जेष्ठ २०८३, सोमबार

समृद्धिको बाटोमा बेथितिको अन्त्य र सुशासन पहिलो शर्त : राष्ट्रपति पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


संखुवासभा, १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताएका छन् ।

संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडेर जीवनोपयोगी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

“गाउँमा कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षालाई उद्यमशीलतामुखी बनाउनुपर्छ,” उनले भने । राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको उल्लेख गर्दै पाठ्यक्रम र अध्यापन शैलीलाई आधुनिक, सीपमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । “कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणतर्फ उन्मुख गर्ने शिक्षा आजको आवश्यकता हो,” उनको भनाइ थियो ।

देश विकासका लागि स्वदेशमै सृजनशील जनशक्ति आवश्यक रहेको बताउँदै उनले युवालाई विदेश पलायन रोक्न गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।