
धनगढी, १२ भदौ । कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बेपत्ता हुनेमा १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् । आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनले बेपत्ता किशोरको खोजीकार्य भइरहेको बताए ।









प्रतिक्रिया