२८ असार २०८३, आइतबार

सल्यानमा जिप दुर्घटना : १९ जना घाइते

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान,१२ भदौ । सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज २३६८ नम्बरको जिप रेसमज्युलानजिकै ग्रामीण सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

उनका अनुसार जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।