२४ असार २०८३, बुधबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो ।