२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन् ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन १४ गतेदेखि १८ सम्म चीन भ्रमणमा जाने जानकारी दिएको हो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मालगायत रहनेछन्।