९ असार २०८३, मंगलबार

राज्य व्यवस्था समितिमा ईश्वरी न्यौपाने निर्विरोध

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएकी छिन् ।

सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिएका थिए ।

कुलिङ पिरियडमा छेडखानी प्रकरणमा मुछिएर रामहरि खतिवडाले राजीनामा दिएपछि सभापति पद खाली रहेको थियो ।