२७ असार २०८३, शनिबार

पूर्वराष्ट्रपति भण्डारीको भेटलाई मनिष झाले दुरूपयोग गरेको पुष्टि

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाको भेटवार्तालाई आफू अनुकुल व्याख्या गरी गलत प्रचार गरेको पुष्टि भएको छ।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार, विभिन्न राजनीतिक दलका नेताहरु, समाजका विभिन्न क्षेत्रका अगुवाहरुले नियमित रूपमा भण्डारीसँग भेट, संवाद र छलफल गर्दै आएका छन्। त्यही क्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झा समय मागेर भेटका लागि उपस्थित भएका थिए । राईका अनुसार, भेटवार्तामा भएका संवादलाई झाले आफूअनुकुल व्याख्या र अतिरञ्जित रूपमा प्रचार गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झाले विभिन्न मिडियामा पूर्वराष्ट्रपति भण्डारीसँगको भेटवार्तामा भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको र अब नफर्कने बताएको, एमाले अध्यक्ष ओलीले रोक्न खोजेको, सहकारीको विषयलाई राजनीतिक मुद्दा बनाइएको जस्ता विवरण सार्वजनिक गरेका थिए । तर पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राईले स्पष्ट पार्दै भनेका छन् कि उक्त विवरण भ्रामक र गलत रहेको छ ।

राईका अनुसार, भण्डारीसँग भएका भेटवार्ता केवल शिष्टाचार भेट र सामान्य संवादका रूपमा भएको थियो। भण्डारीले कुनै पनि व्यक्ति विशेष वा राजनीतिक दलसँग सम्बन्धित नकारात्मक टिप्पणी वा असत्य विवरण व्यक्त गरेकी थिइनन्।