
काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताबारेको निर्णय जानकारी गराएका छन् । विप्लव निवास हरिसिद्धी पुगेका प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकबाट एकताबारे गरेको निर्णय जानकारी गराएका हुन् ।
माओवादीले विप्लवसँग एकता गर्ने र त्यसअघि कार्यदल बनाएर वार्ता गर्ने निर्णय हालैको स्थायी कमिटी बैठकले गरेको थियो । तर, विगतमा पनि एकता गर्ने भनिए पनि प्रचण्डबाटै असफल भएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि जनाएका थिए ।
आज प्रचण्ड र विप्लवबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेगरी सकारात्मक वार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ । विप्लवले आफू पनि सकारात्मक रहेको भन्दै पार्टीबाट निर्णय गराउने बताएका जवाफ दिएका थिए । नेकपाको केन्द्रीय समिति बैठक भदौ २२ मा गते बस्दैछ ।
यसबाहेक पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनेबारे पनि छलफल भएको छ । माओवादी, नेकपा एस, नेकपा र नेसपा सम्मिलित ४ दलीय मोर्चाको विप्लव संयोजक पनि हुन् ।








प्रतिक्रिया