२३ असार २०८३, मंगलबार

दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली कांग्रेसले तयारी गरेको छ । कांग्रेसका सांसद एवं समितिका एक सदस्यका अनुसार बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धन दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।