२९ जेष्ठ २०८३, शुक्रबार

पौडी खेल्ने क्रममा टेकु दोभानमा बालक बेपत्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिका–१२, टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ ।

सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा भदौ ७ गते दिउँसो साढे २ बजे नदीमा डुबेरबेपत्ता भएको जानकारी दिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपत् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज बालकको खोजीकार्यमा परिचालित भएको जानकारी सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।