२१ जेष्ठ २०८३, बिहिबार

एमसीसीबारे भावनात्मक र तथ्यविहीन विरोध गरियोः एमाले उपाध्यक्ष पाण्डे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरेका हुन् । उनले छिमेकी मुलुकहरूको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि स्पष्ट पारे ।

उनले नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने स्पष्ट पारे । नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उनको टिप्पणी छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकलाई दातृ निकाय वा साझेदार राष्ट्रहरूसँग सहयोगले कूटनीतिक सम्बन्ध बलियो हुँदै जाने स्पष्ट गर्दै त्यसतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए ।