
काठमाडौं, ८ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । दुई देशका उराष्ट्रपतिबीच आज काठमाडौंमा भेटवार्ता भएको हो । भियतनामकी उपराष्ट्रपति समकक्षी यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नेपाल आएकी हुन् ।
भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।








प्रतिक्रिया