७ असार २०८३, आइतबार

सुक्खा पहिरो झरेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, ७ भदौ । तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौन ७ बजेदेखि अवरुद्ध बनेको सो सडकखण्ड ८ बजेबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यमा हिँडेको प्रहरीले जनाएको छ । तुइनखोलामा यस वर्ष पहिरोका कारणले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।