८ असार २०८३, सोमबार

नेपालको सहमति विना भूमि प्रयोग गर्न खोज्नु अनुचित : एमाले महासचिव पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

दाङ, ७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति विना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।

आज घोराहीमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमति विना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य बताए ।

उनले भने, ‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति विना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ ।’

सुगौली सन्धि सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए । यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए । उनका अनुसार साढे ६ लाख सदस्य छलफलमा सहभागी हुनेछन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको उनको भनाइ थियो ।