१० असार २०८३, बुधबार

बुबाआमालाई विशेष दिनमा मात्र होइन, सधैं आदर गर्नुपर्छ : प्रधानमन्त्री ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुको मुख हेर्ने दिनको अवसरमा सबैलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान आफ्ना ९६ वर्षीय बाबुसँग आशीर्वाद लिएको जानकारी गराउँदै सबैलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिए । उनले भने, ‘आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुसेऔँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ ।’

उनले आफ्ना बाबुबारे भने, ‘बुबा ९६ वर्षको हुनुभयो। कान अलिकम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ ।’

प्रधानमन्त्री ओलीले बाबुको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृसम्मानको प्रतीकात्मक दिन भएको बताउँदै बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नुपर्ने बताए ।