३० जेष्ठ २०८३, शनिबार

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित दर्जनौं नेता एमालेमा प्रवेश

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । प्रभू साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष साहसहित दर्जनौं नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको हुनाले आफूहरु एमालेमा प्रवेश गरेको साहले बताए । साहले प्रभु साहको भ्रममा लागेर आफूहरु गलत बाटोतिर लागेको र देश बनाउनका लागि एमाले मात्र सही पार्टी एमाले भएको ठहरसहित प्रवेश गरेको उनको भनाइ छ ।

कार्यक्रममा एमाले उपामहासचिव प्रदीप ज्ञवाली, मधेश प्रदेशका नेताहरुलगायतको सहभागिता रहेको थियो ।