काठमाडौं, ६ भदौ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पेश गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे।








प्रतिक्रिया