२१ जेष्ठ २०८३, बिहिबार

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कँडेललाई रास्वपाले गर्‍यो निलम्बन

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ ।

बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेललाई पार्टीबाट निलम्बन गरिएको हो ।

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाएर निलम्बन गरिएको जानकारी दिएका छन् ।