२४ जेष्ठ २०८३, आइतबार

एकीकृत समाजवादी पार्टीको भविष्य छ‚ कसैले नहेपून्ः माधव नेपाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भविष्य भएको बताउँदै नहेप्न चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्न विभिन्न अभियान सञ्चालन गरिरहेको बताए । मेची–महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरूको लर्को लागेको बताए ।

जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताए। नेकपा (एकीकृत समाजवादी) को भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने बताए । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भूमिका खेल्ने स्थितिमा पु¥याउने बताए ।

अध्यक्ष नेपालले भने, ‘मेची–महाकाली अभियानमा सयकडौँ कार्यकर्ता र हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ। ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार नगरून् ।’

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रूपान्तरण गर्नसक्ने बताए ।