१० कार्तिक २०८३, मंगलबार

सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिट न्यायाधीश पोखरेलको इजलासमा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटको सुनुवाई आज हुँदैछ ।

सत्तापक्षका केही दलले समर्थन फिर्ता लिएपछि पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ ।