२६ असार २०८३, शुक्रबार

उमा गौरी सहकारी ठगी : जिल्लाको आदेश उल्टाउँदै अञ्जलासहित चारजनासँग १ करोड धरौटी माग

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ भदौ । मोरङको उमा गौरी सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित चारजनालाई जिल्ला अदालत मोरङको आदेश उल्टाउँदै एक/एक करोड धरौटी माग भएको छ ।

यसअघि जिल्ला अदालतले जिल्ला अदालत मोरङले कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो भने ज्योति बास्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले कोइरालासहित चारैजनालाई जनही १ करोड धरौटी माग गरेको हो । जिल्ला अदालतको आदेशविरूद्व सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

यस्तै सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई भने सदर भएको छ ।

धनपालथान गाउँपालिकामा रहेको उमा गौरी सहकारी संस्थाका ८ हजार ८४२ शेयर सदस्यको २२ करोड ४८ लाख २७ हजार रुपैयाँ हिनामिना भएको थियो ।