१६ असार २०८३, मंगलबार

माधव नेपालको पालामा मधेसमा भएका गैरकानूनी हत्याको अनुसन्धान गर्न परमादेश

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा मधेसमा भएका गैरन्यायिक हत्याको छानबिन गर्न सरकारलाई परमादेश जारी गरेको छ।

अधिवक्ता डा। सुनिल रञ्जन सिंहले २०६७ सालमा दायर गरेको रिटमा मधेसमा ४ सयभन्दा बढी नागरिक मारिएको दाबी गरिएको थियो। सर्वोच्चको पूर्ण इजलासले छानबिन प्रक्रिया अघि बढाउन आदेश दिँदै स्वतन्त्र संयन्त्र गठन गर्नुपर्ने निर्णय सुनाएको हो।

मानवअधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ र अन्य निकायले पनि सो अवधिमा सर्वसाधारणको न्यूनतम अधिकार हनन भएको उल्लेख गरेका थिए।