७ असार २०८३, आइतबार

विद्या भण्डारीको प्रश्न- आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था लोकतान्त्रिक हो ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ। पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले सुशासन कायम गर्न नसकेको बताएकी छिन्। उनले संसद् निरीह थलो बनेको भन्दै संविधानमै प्रश्न उठाइन्।

मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले भनिन्, “पुराना दलहरूले नै अहिलेको संविधान संशोधन गर्नुपर्छ भनेका छन्, तर के अभाव छ र के आवश्यकता छ भन्नेमा स्पष्टता छैन।”

भण्डारीले विशेषगरी जनप्रतिनिधि आरोप लाग्नेबित्तिकै निलम्बन हुने प्रावधानप्रति प्रश्न उठाउँदै भनिन्, “आरोप लाग्यो भन्दैमा निलम्बित भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक होरु” उनले रवि लामिछाने र माधवकुमार नेपालतर्फ संकेत गर्दै कतिपय सांसद अझै पनि आरोपकै कारण निलम्बनको यात्रा भोगिरहेको उल्लेख गरिन्।