काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताकाविरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् ।
उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ । हिजो पनि उभिएका थियांै आज पनि उभिनुपर्छ । म नेपाली काग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’ सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिको विषय नबनाऔँ ।’
उनले दुई छिमेकीहरुले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्ति जनक रहेको पनि बताए ।















प्रतिक्रिया