८ असार २०८३, सोमबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बुधबार एक तोला सुन एक लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।