११ असार २०८३, बिहिबार

डेरी एसोसिएसनद्वारा ‘घिउ अभियान’को सुरुवात

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नेपाल डेरी एसोसिएसनले ‘दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ ।

तीजलाई मौलिक संस्कार, सभ्यता र भव्यतापूर्वक मनाउनुपर्नेमा जोड दिँदै यस वर्ष एसोसिएसनले महिलामुखी अभियानलाई अझ प्रभावकारी बनाउन ‘घिउ अभियान’को सुरुवात समेत गरेको छ । यस अभियानअन्तर्गत तीजमा उपस्थित अतिथि र सम्पूर्ण महिला सदस्यलाई उपहारस्वरूप घिउ वितरण गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेश श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाँ, पदाधिकारीहरू, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी महासंघका महासचिव श्रीकृष्ण भण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल निर्यात महासंघ, रोटरी क्लब कपन, दृश्य बहुउद्देश्यीय सहकारी संस्था, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेन्युरलगायतका संघ–संस्थाका पदाधिकारी तथा महिला सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा डेरी एसोसिएसनका उपाध्यक्ष मनोज घिमिरेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख अपसरा चापागाईंले तीज केवल महिलामात्रको पर्व नभई समाजमा सद्भाव, आपसी सहयोग र सम्मानको सन्देश दिने पर्व भएकाले यसलाई भड्किलो भन्दा सभ्य र मौलिक शैलीमा मनाउनुपर्ने बताइन् । बागमती प्रदेशका निवर्तमान योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठले महिला सशक्तिकरण मात्र नभई दुग्ध व्यवसाय प्रवद्र्धनमार्फत देशको समग्र विकासमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

नेपाल डेरी एसोसिएसनले यसअघि ‘मोही अभियान’ सफलतापूर्वक सञ्चालन गरेको अनुभवलाई निरन्तरता दिँदै यसपटक ‘घिउ अभियान’ सुरू गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघका नरेशलाल श्रेष्ठले एसोसिएसनको प्रशंसा गर्दै महासंघ सधै साथमा रहने बताए । एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले सबैले यसरी साथ दिनाले नै एसोसिएसन आज यसरी उत्साहका काम गर्न सकेको कुरा उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै एसोसिएसनले आफ्ना गतिविधि गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई एसोसिएसनको तर्फबाट तीजको शुभकामना व्यक्त गर्दै निमन्त्रणा स्विकार्दै उपस्थित भएका सबैलाई धन्यवाद समेत व्यक्त गरे । मोही अभियानको अपार सफलतापछि अब घिउ अभियानमा लागेको जानकारी गराउँदै घिउ उपभोग गर्दा हुने फाइदाको बारे जानकारी गराए । साथै, अब सबैले बिहान बेलुका खाना खाँदा घिउ खान, तरकारीमा घिउकै भुटुन हाल्न र बालबालिकालाई अनिवार्य घिउ सेवन गराउनको लागि आह्वान गरे ।