काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
उनले आज कारागारमै पुगेर रविसँग भेटेका हुन् । उनले अभिभावकको हिसाबले रविलाई भेटेको बताए । भैरहवा कारागारको रविको बसाई जटिल नै रहेको आफूले पाएको उनको भनाइ छ।
‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ,’ प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन। उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ। दुब्लाउनुभएछ। यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो।’









प्रतिक्रिया