८ असार २०८३, सोमबार

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यष शरद ओझालाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद्को भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलन मार्फत छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने सरकारले निर्णय जानकारी दिए ।

त्यस्तै, आगामी भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने रिजिलियन्ट सप्लाइ चेइन्स, एन्ड इक्युटेवल ग्रोथ इन अ चेन्जीङ वर्ल्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, आगामी असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने एन्टी क्रप्सन इनिसिएटीभ फर एसिया एन्ड द पेसिफीक–२०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने सरकारको निर्णय छ ।

आगामी कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र ईजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन महालेखापरीक्षक तोयम राय नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने, कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतिस अर्ब उनन्चास करोड (करिब तीस अर्ब आठ करोड रूपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूका फन्ड कोटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने, कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिआर मध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट ९अर्थपत्र० जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने, लिज फाईनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने, समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, प्रशासकीय अदालतको अध्यक्षमा डा। टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा अधिवक्ता नवल किशोर यादव, वीरगन्ज र आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने, भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने एसियन–अफ्रिकन लिगल कन्सल्टेटिभ अर्गनाइजेशन (एएएलसिओ) को ६३औं एनल सेसन मा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने, खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने, कमिटी अन द इलीमिनेशन अफ डिस्क्रीमिनेशन अगेन्स्ट वुमन(सिड) का सदस्य बन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए ।

साथै, थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औं परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने, नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढ़वा गर्ने, बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, भदौ २५ देखि २८ गतेसम्म रसियाको सेन्ट–पेटरर्सवर्ग मा आयोजना हुने इलेभेन्थ सेन्ट पेटरर्सवर्ग युनाइटेड कल्चर्स फोरममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने, धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, आदिवासी जनजाति आयोगका सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ, हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१ औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ ।

यसैगरी, २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रूमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रशासन मन्त्रालय प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने, मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, २३ राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने, नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल बिच हस्ताक्षर हुने हेडक्वाटर एग्रीमेन्ट विटविन गर्भमेन्ट अफ नेपाल एन्ड साउथ वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क २०२५ स्वीकृत गर्ने र मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय रहेको छ ।