२९ जेष्ठ २०८३, शुक्रबार

लाओसमा चार देशका कम्युनिस्टबीच बहस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । लाओसको राजधानी भेन्टेइनमा अगस्ट १५ देखि १७ (साउन ३१–भदौ २) सम्म ‘मार्क्सवादी राजनीतिक दलहरुको शासकीय अनुभव’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।

चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्क्सिज्म र लाओ नेसनल विश्वविद्यालयको सहकार्यमा आयोजना भएको कार्यक्रम छठौँ संस्करण हो, जसमा चीन, भियतनाम, लाओस र नेपालका करिब १०० प्राध्यापक, अध्येता र बुद्धिजीवी सहभागी भए।

नेपालकातर्फबाट नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली विशेषता अनुसारको समाजवाद निर्माण, बहुदलीय जनवाद, शान्तिपूर्ण क्रान्ति र जनजीविकामा सुधारलाई मुख्य एजेन्डा बनाएका थिए।

उनले चीन, भियतनाम र लाओसको अनुभवप्रति प्रशंसा गर्दै नेपालमा पनि शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिबाट समाजवादको यात्रा अघि बढाउन सकिने धारणा राखे।

कार्यक्रममा सहभागीहरूले आफ्ना देशका शासकीय अनुभव आदान–प्रदान गर्नुका साथै विश्व कम्युनिस्ट आन्दोलनका पाँच मूल प्रश्न—सशस्त्र वा शान्तिपूर्ण क्रान्ति, विश्वव्यापी लोकप्रियता घट्नुका कारण, प्रविधि र नयाँ आविष्कारले कम्युनिस्ट सिद्धान्तमा पार्ने प्रभाव लगायतबारे गहिरो बहस गरेका थिए।