काठमाडौं, ४ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधि सभामा सत्तापक्षको रिट व्यवस्थापनि गरिदिन माग गर्दै सभामुखलाई पत्र लेखेको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई सत्तापक्षमा बस्ने सिटको प्रवन्ध गरिदिन आग्रह गरेकी हुन् ।
यसअघि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बसेको थियो । तर हिजो उपसभामुख हटाउने सत्तापक्षको तयारीमा सहभागी भएसँगै नाउपाले सत्तापक्षमा बस्न सिट माग गरेको हो ।
प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद छन्।








प्रतिक्रिया