८ असार २०८३, सोमबार

बाँदरको आक्रमणबाट एक जनाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ४ भदौ । नुवाकोटमा बाँदरको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ ।

पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकमा बारीमा पसेका बाँदर लखेट्ने क्रममा हुल बाँदरले आक्रमण गर्दा ५८ वर्षीय गोकर्ण नेपालीको मृत्यु भएको हो ।

उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिइएको छ ।