८ असार २०८३, सोमबार

प्रधानमन्त्री अस्वस्थ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका हुन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । प्रधानमन्त्री अस्वस्थ भएसँगै प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।