२१ जेष्ठ २०८३, बिहिबार

नेपाललाई सुईँको पनि नदिइ नेपाली भू-भाग लिपुलेकमा चीन र भारतले गरे सहमति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । चीन र भारतले नेपाललाई सुईँको पनि नदिई फेरि लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार भएको छलफलपछि भारतको विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिमा यो कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिको आठौँ बुँदामा लिपुलेक, सिप्की ला र नाथुला गरी तीन व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्ने सहमति भएको उल्लेख छ। लिपुलेक नेपालले आफ्नै भूभाग मान्दै आएको क्षेत्र हो, जसमा भारतले सडक तथा सामरिक संरचना निर्माण गरेको छ।

नेपालले यसअघि पनि चीन–भारतबीच लिपुलेकबारे भएका सहमतिहरूमा आपत्ति जनाउँदै आएको छ।