२ असार २०८३, मंगलबार

जोशी हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । जोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । सुरुमा आवेदन दिने म्याद भदौ ४ गतेसम्म तोकिएको भए पनि माग अनुसार पर्याप्त आवेदन नपरेको भन्दै कम्पनीले भदौ १९ गतेसम्मका लागि समयावधि थप गरेको हो ।

हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर (१ः०.६५ अनुपातमा) १०० रुपैयाँ अंकित दरमा जारी गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् ।

यस हकप्रद शेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले क्यापिटलको काठमाडौं कार्यालय, जोशी हाईड्रोको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर प्रणालीबाट आवेदन दिन सक्नेछन् ।