२६ जेष्ठ २०८३, मंगलबार

संविधानकै कारण प्रतिस्पर्धी दलहरु मिलेर काम गर्नुपर्ने बाध्यता छः सभापति देउवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ भदौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व.खड्ग बहादुर बस्यालको श्रद्धान्जली सभामा बोल्दै उनले समावेशी, समानुपातिक आधारको संविधानका कारण कुनै पार्टीको बहुमत नआउने भएकाले प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने,‘अहिलेको जुन संविधान छ यो समावेशी समानुपातिक आधारको छ । कुनै पार्टीको बहुमत आउँदैन । त्यस्तो किसिमको अवस्था छ । सबै पार्टीसँग मिलेर हिड्नुपर्ने आवश्यकता छ । बाध्यता छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने, स्वयं प्रतिस्पर्धसँग मिलेर काम गर्नुपर्ने अवस्था छ ।’

त्यस्तै उनले समावेशी संविधान बनेको कारण महिला, जनजाति, आदिवासी, मधेसीको अधिकार समेटिएको बताए ।