२१ असार २०८३, आइतबार

उपसभामुख हटाउने प्रयासमा विपक्षीको निष्कर्ष– सशक्त विरोध गरेर जानैपर्छ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३ भदौ । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । कांग्रेस–एमालेका सांसदहरूले आज बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ । उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो ।

‘विपक्षी दलको हिसाबले हामीमाथि भएको आक्रमण बेठिक छ । यस्तो प्रक्रिया पहिला पनि भएको थियो,’ पाण्डेले भने, ‘संवैधानिक परिषद्को अवस्थालाई लिएर जुन प्रयास भइरहेको छ त्यसको सशक्त विरोध गरेर जान्छौं । विपक्षीहरू सशक्त विरोध गरेर जाने निष्कर्ष निस्कियो ।’

उनका अनुसार, यो विषय भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि उठाइने भएको छ । ‘यो कुरा भोलि सदनमा पनि उठाउँछौं,’ उनले भने । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यस विषयमा केहीबेर ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उनले वर्तमान सरकार निरंकुशतावादतर्फ अग्रसर भएको र विपक्षीको घाँटी निमोठ्नेगरी अघि बढेको बताएका थिए ।