काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले १९ वर्षअघिको गौर नरसंहारको मुद्दा अघि बढाउन परमादेश जारी गरेपछि गृहमन्त्री रमेश लेखकले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेका छन् ।
परमादेश कार्यान्वयनका विषयमा गृहमन्त्रीले परामर्श गरेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सोमबार सरकारका नाममा परमादेश जारी गरेको थियो।
सर्वोच्चको परमादेशसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध मुद्दा चलाउने बाटो खुलेको छ।








प्रतिक्रिया