३० जेष्ठ २०८३, शनिबार

हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ भदौ । आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार यसबारे थुप्रै छलफहरु समेत हुनेछन् ।

आजै दिउँसो सभामुख देवराज घिमिरेले समेत सम्बोधन गर्ने तयारी भइरहेको छ । त्यसलगत्तै बैठक सकाउने तयारी भइरहेको छ । हिन्दकुश हिमालय क्षेत्रमा रहेक सातवटै देशहरुले भोगिरहेका जलवायु परिवर्तका समस्या साझा हुन् भन्ने धारणा बनाउने प्रयत्न यो बैठकले गर्नेछ ।

जलवायु परिवर्तन, मानव, जनावर र वोटविरुवाबीचको अन्र्तविरोध तथा प्रदूषणका समस्यालाई हिन्दकुश क्षेत्रका साझा समस्याको रुपमा विश्व मञ्चमा लैजान सबै देशले प्रतिवद्धता गर्नेछन् ।

यी समस्याबारे दबाब दिन एक छुट्टै संयन्त्र बनाउने र यस्तो बैठकलाई निरन्तरता दिई थप छलफल गर्नेबारे समेत कुराकानी भइरहेको जोशीले बताए । हिजोको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस सम्झौताका प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै यो बैठक साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोगमा हिजो सुरु भएको बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देश नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता छ ।